site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘डिग्री माइला’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ? 

काठमाडौं । चलचित्र ‘डिग्री माइला’को अग्रिम बुकिङ खुला भएको छ । चलचित्रलाई सिनेमा घरहरूले उच्च संख्यामा शो दिएका छन् । 

रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै २४ शो उपलब्ध गराएको छ । देशभर क्यूएफएक्सले ६० शो दिएको छ । काठमाडौं बाहिर यो सिनेमालाई क्यूएफएक्सले ३६ शो पाएको छ । 

Dabur Nepal
NIC Asia

दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘डिग्री माइला’ले क्यूएफएक्सबाहेक देशभर ९७ शो पाएको छ । 

चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro