site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसद्को माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गरेका हुन् ।

देशका विदेशमन्त्री समेत रहेका दारले निर्वाचनमा अरू कसैले उमेदवारी दर्ता नगराएपछि गिलानी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । पाकिस्तान पिपुल्स पार्टीका सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म देशको प्रधानमन्त्री बनेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सत्तारूढ पाकिस्तान मुस्लिम लिग–नवाजका सय्यदल खान नासिर पनि सदनको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

अध्यक्षको शपथग्रहण गरेपछि गिलानीले सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताए । गिलानीले देशको प्रगतिका निम्ति संसदीय मापदण्डभित्र रहेर सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement