site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनी महिला र गण्डकी पुरुषतर्फको सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

चितवन । लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो । लुम्बिनीले २५–११, २५–१६ र २५–९ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

महिलातर्फ नै भएको अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली प्रदेश सेमिफाइनलमा पुगेको छ । कर्णालीले २५–२०, २५–१० र २५–१९ को जित निकालेको हो । आज नै भएको महिला तर्फनै कोसीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको हो । गण्डकीले २५–१८, २५–२३ र २५–२२ मा जित हात पार्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलातर्फको सेमिफाइनलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशको सामना गर्दा वाग्मतीले कर्णाली प्रदेशको सामना गर्नेछ ।

पुरुषतर्फ कोसी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Global Ime bank

आज भएको पुरुषतर्फको पहिलो खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई सोझो सेटमा हराएको छ । लुम्बिनीले २५–९, २५–१३ र २५–१९ मा हराएको हो ।

आज भएको दोस्रो खेलमा कोसी प्रदेशले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकालेको छ । कोसीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ मा जित निकालेको हो ।

आज भएको पुरुषतर्फको अन्तिम खेलमा कर्णाली प्रदेशमाथि गण्डकी प्रदेशले ३–२ सेटको जित निकालेको छ । गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को जित निकाल्यो ।

भोलि हुने पुरुषतर्फको सेमिफाइनल खेलमा कोसी प्रदेशले कर्णालीको सामना गर्दा गण्डकी सुदूरपच्छिमसँग खेल्नेछ ।

पुरुष क्रिकेट : गण्डकी र कर्णालीको जित

अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेको छन् । बुधबार भएको खेलमा गण्डकी प्रदेशले वाग्मती प्रदेशलाई ३२ रनले हराएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको वाग्मतीले निर्धारित २० ओभर साता विकेट गुमाउँदै २०२ रन बनायो ।

वाग्मतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै शुभ कन्सकार र तिलक राज भण्डारीले ३७–३७ रन बनाउदा उत्तम थापामगरले २५ रन जोडे ।

गण्डकीका लागि विपिन खत्री र शुभास भण्डारीले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकिय पारी खेले ।

गण्डकीका दीपकले ७५ रन बनाउदा अर्जुनले ५५ रन बनए । सन्दीप खत्रीले २७ रन बनाउदा करनले २४ रन बनाए । वाग्मतीका लागि रिजन ढकाल र कृजन गुरुङले एक–एक विकेट लिए ।

आज नै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले कोसी प्रदेशमाथि १० रनको जित हात पारेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९८ रन बनायो ।

अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कोसी प्रदेश फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोसी उपाधि नजिक पुगेको हो ।

भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोसीलाई जित दिलाउन प्रतीक्षा राइले दुई गोल गरिन् ।

खेलको १७औँ मिनेटमा प्रतीक्षाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोसीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

प्रतीक्षाले खेलको ६२औँ मिनेटमा गोल गर्दै कोसीलाई २–० गोलको जितसँगै सेमिफाइनलमा पुगाउन सफल भइन् ।

खेलको प्लेअर अफ दि म्याद दुई गोल गरेकी प्रतीक्षा चुनिन । अब कोसीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार दिउँसो ३ः३० बाट सुरु हुनेछ ।

ब्याडमिन्टनको सिंगल्सतर्फ पुरुषमा वाग्मतीका राजु थापा र महिलामा कोसीकी सिमा राजवंशी, डबल्सको पुरुषमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण जिते । मिक्स डबल्समा कोसीका विशाल तामाङ र सिमा राजवंशीको जोडी पहिलो भए । टिम इभेन्टको पुरुष/महिला दुवैमा कोसी स्वर्ण जित्न सफल भयो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय