site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विवेकको दुई गोलमा वाग्मतीमाथि आरसी ३२ को सहज जित 

काठमाडौं । विवेक सन्तोषीको दुई गोलप्रेरित आरसी ३२ स्पोर्ट्स क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा वाग्मती क्लबविरुद्ध ३–० को सहज जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीलाई जित दिलाउन विवेक सन्तोषीले दुई र बबिन बोहराले एक गोल थपे । 

Dabur Nepal
NIC Asia

खेलको १०औँ मिनेटमा बबिनको गोलमा आरसीले अग्रता बनाएको थियो । २८औँ मिनेटमा विवेकले गोल गरेपछि पहिलो हाफमा आरसीले २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा विवेकले दोस्रो गोल गरेपछि आरसीले ३–० सहज जित निकालेको हो । 

जितसँगै दुई खेलबाट ६ अंक जोडेको आरसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको वाग्मती तालिकाको पाँचौँ स्थानमा छ । 

आरसीले यसअघि पहिलो खेलमा खालीबारी युथ क्लबविरुद्ध १–० को जित जित निकालेको थियो । यस्तै, वाग्मतीले भने सानेपाविरुद्ध ३–१ को जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro