site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरामा ‘सावर बञ्जी’ सुरु
Sarbottam CementSarbottam Cement

गण्डकी । पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउन्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिए । 

“हाइग्राउन्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो”, उनले भने, “सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो ।” साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुर्याएको उनले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सावर बञ्जी नेपालको पहिलो र एकमात्र भएको उल्लेख गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताए ।  

उनका अनुसार बञ्जीका क्रममा ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् । यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार पाँच सय तिर्नुपर्नेछ । यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ । एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सकिने जनाइएको छ । 

Global Ime bank

हाइग्राउन्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरेका छन् । सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप करिब ५० लाख लगानी गरेको कम्पनीले हालसम्म यहाँ करिब ५० करोड गरिसकेको जनाएको छ । रासस    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement