site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्का स्थापित मान्यतालाई कांग्रेसले धज्जी उडाएको बर्तौलाको आरोप
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्का स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरुद्ध गरेको आरोप लगाएका छन् । बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको बताए । 

उनले आन्दोलनको स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे । बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको आरोप लगाए । 

सरकारबाट हट्नेबितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको जिकिर गरे । उनले सहकारीपीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीतिनियम कानुन बनाएर यसको समाधान खोज्नुपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro