site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती नगरपालिकाका मेयरले पाँच वर्षमा जोडे पाँच करोड ३३ लाख अवैध सम्पत्ति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

थापाले पाँच वर्षमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

दायर गरिएको मुद्दामा नगर प्रमुख थापासँग पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो दाबी गरिएको छ । थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

थापाले नगर प्रमुखको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिको अनुसन्धान हुँदा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धान गरिएको अवधिमा थापाको वैधानिक आय सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ रहेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सोही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 

Global Ime bank

थापाको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको ठहर अख्तियारको छ । 
सार्वजनिक पद धारण गरेका वाग्मती नगरपालिकाका प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी सो सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय