site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशीको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्नेमा जोड दिए । उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने उनको भनाइ छ । “हामीसँग वनजन्य उद्योगहरू बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ,” उनले भने, “हामी पानीजन्य उद्योगहरू पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी विदेशीको अपेक्षा गरेर हिँडिरहेका छौँ ।” 

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने उनको धारणा छ । उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरू पनि बन्द हुने बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement