site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन समितिले धेरै विषयमा समाधान दिन्छ : शशांक कोइराला 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा फसेको भन्दै त्यही कारण संसदीय छानबिन अस्वीकार गरिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगन गरिएपछि मंगलबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग उनले संसदीय छानबिन समितिबाट पनि आरोपित देखिए लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताए ।

“हामीले रवि लामिछानेको विषयमा समिति बनाएर छानबिन गरौँ भनेको हो । उहाँ फस्नुभएको छ,” डा. शशांकले भने, “उच्चस्तरीय समितिले विभिन्न कुरा हेर्छ । अरू विषय आउँछ, समिति बनाऊँ ।”

उनले  आरोपित हुँदासम्म पदभार ग्रहण गर्नै नमिल्ने बताए । “सत्य कुरा हो, त्यसमा छानबिन जारी रहँदासम्म, आरोपित भएपछि राजीनामा दिनुपर्छ,” उनले भने, “आरोपमुक्त नभएसम्म पदभार सम्हाल्न मिल्दैन ।”

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro