बाह्रखरी फोटो
काठमाडौं । म्याग्दीको पर्यटकीयस्थल पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ । पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गरेको छ ।
कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ । पुनहिल समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा पर्छ । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।
तस्बिरहरू हेर्नुहोस्
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० ०७:२४
प्रतिक्रिया दिनुहोस्