site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नेटो प्रमुखले भने– चीन, रुस, इरान र उत्तर कोरिया पश्चिमलाई खतरा भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन नेटोका प्रमुखले आफूहरूलाई खतरा बढेको बताएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टनबर्गले रुस, चीन, इरान र उत्तर कोरिया पश्चिमाका लागि बढ्दो खतराको प्रतिनिधित्व गर्दै एक हुँदै गएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसीसँगको एक अन्तर्वार्तामा आइतबार स्टोल्टनबर्गले भनेका छन्, “चीनले रक्षा उद्योगका सामग्री उपलब्ध गराएर रुसको युद्धावस्थाको अर्थतन्त्रलाई बढवा दिइरहेको छ । त्यसको बदलामा मस्कोले बेइजिङमा आफ्नो भविष्य धितो राखेको छ।”

रुसले इरान र उत्तर कोरियालाई गोलाबारुद र सैन्य उपकरणको सट्टामा प्रविधि उपलब्ध गराएको समेत उनको दाबी छ ।

Global Ime bank

'तानाशाही शक्तिको बलियो गठबन्धन'विरुद्ध नेटोले जापान र दक्षिण कोरियाजस्ता देशसँग गहन सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।

आरटीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय