site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचन जित्नु मिसन ०८४ सफलताको सुरुआत : ओली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताएका छन् ।

सोमबार वरिष्ठ राजनीतिज्ञ सिसिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताए । “दुई वटा उपनिवार्चन एमालेले जित्यो । मिसन ०८४ तर्फको सफलताको सुरुआत हो,” ओलीले भने, “मिसन ०८४ सफल पारेर छाड्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले पार्टीले सही बाटो समातेको दाबी गरे । पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत बताए । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न भूमिका खेल्न आग्रह गरे । वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान समेत गरे । “सबै आफूलाई वामपन्थी भन्ने, कम्युनिस्ट भन्ने सबै शक्ति र व्यक्तिलाई पनि एमालेको सही धार छ,” ओलीले भने, “यस धारमा समाहित हुन आग्रह गर्छु । सबै आउनुस् । एकजुट हुनुस् ।” 

उनले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टीमा आउन राखेको चाहनाबारे खासै जवाफ दिएनन् । गौतमले उठाएको कुरामा पछि छलफल गर्ने उनको भनाइ छ । “वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले छलफल गर्ने यो थलो उपयुक्त हैन,” च्यासलमा आयोजित कार्यक्रममा उनले भने, “त्यसमा प्रवेश गर्दिन । पछि छलफल गर्छौैँ ।”

Global Ime bank

उनले वामदेवले अभिव्यक्त गरेको एकताको भावना सकारात्मक रहेको बताए । “वामदेवजीको अहिले जुन एकताको भावना अभिव्यक्ति भएको छ । सकारात्मक भावना हो । यो भावनालाई अघि बढाऔँ,” ओलीले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement