site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा थपिँदै दुई मन्त्री
मुख्यमन्त्री खगराज अधिकारी । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् ।

स्रोतका अनुसार, एमालेबाट यसअघि सरकारमा सहभागी भइसकेका दुईजना मन्त्रीमा दोहोरिँदै छन् । अधिकारी नै यसअघि मुख्यमन्त्री हुँदा एमालेबाट वेदबहादुर गुरुङ (श्याम) भूमि व्यवस्था तथा कृषि र सीता सुन्दास आर्थिक मामिलामन्त्री थिए । अहिले गुरुङ मन्त्री बन्ने निश्चित हुँदा सुन्दासको नाम भने टुंगो लागिसकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

“दुईजना मन्त्री थपिनुहुन्छ । त्यसमा गुरुङ मन्त्री बन्ने निश्चित छ । सुन्दासको बारेमा चाहिँ छलफल हुँदै छ,” स्रोतले बाह्रखरीसित भन्यो । थपिने मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।

योसहित वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय हुनेछ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यसअघि क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री भइसकेका छन् ।

Global Ime bank

माओवादी केन्द्रबाट पनि एक मन्त्री थपेर आजै शपथ खुवाउने विषयमा दुई पार्टीका नेताबीच छलफल भइरहेको छ ।

मुख्यमन्त्री अधिकारीले विवादास्पद तरिकाले आइतबार विश्वासको मत पाएका थिए । उनले पाएको विश्वासको मतका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement