कला
काठमाडौं । गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
“उहाँहरू दुवै (निशासन भट्टराई र ऋचा न्यौपाने)ले दिनुभएको संयुक्त निवेदनमा चैत ७ गते अदालतले सम्बन्धबिच्छेदको आदेश दिएको हो,” काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले बाह्रखरीसँग भनिन् ।
तीन वर्ष अगाडि निशान र ऋचाबीच विवाह भएको थियो । उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो ।
निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् । ऋचा मोडलिङ गर्दै आएकी छन् ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १५:४५
प्रतिक्रिया दिनुहोस्