site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलामको उपनिर्वाचनमा कांग्रेसका शीर्ष नेता नजाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । तनहुँजस्तै हुने भयले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनकेन्द्रित रणनीति तय गरेको छ । कांग्रेसले आफ्ना उमेदवार जिताउन सकभर ठूला र प्रभावशाली नेतालाई गाउँगाउँ जान रोक लगाउने नीति लिएको छ ।

कांग्रेसका केही सीमित र प्रभावशाली नेताहरू इलाम र बझाङ पुग्नेछन् । उनीहरूले आन्तरिक रूपमा काम गर्नेछन् । तर, सार्वजनिक रूपमा देखा परेर मतदातालाई ‘इरिटेड’ गर्ने कार्यमा उनीहरू लाग्दैनन् । सकेसम्म स्थानीय प्रभावशाली नेताहरूका साथ चुनावी ‘क्याम्पेनिङ’को तयारी गरिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँ–१ मा अघिल्लो वर्ष उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भए । कांग्रेस नेता गोविन्द भट्टराई पराजित भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले तनहुँ प्रकरणबाट सिक्नुपर्ने हुन्छ । केन्द्रबाट धेरै नेता तनहुँ पुग्दा त्यसले नकारात्मक परिणाम दियो,” ती नेताले बाह्रखरीसित भने, “हामी सचेत हुुनुपर्छ भनेर विशेष रणनीति बनाउँदै छौँ ।”

इलाम क्षेत्र नम्बर–२ का निम्ति कांग्रेसभित्र महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमान्डर तोकिएको छ । बझाङ–१ ‘क’का लागि नेता एनपी साउदले चुनावी कमान्डरको भूमिका निर्वाह गर्दै छन् । आन्तरिक व्यवस्थापनको जिम्मेवारी पार्टी प्रचार विभाग प्रमुख समेत रहेका मीन विश्वकर्माले पाएका छन् ।

Global Ime bank

ती नेताका अनुसार, ‘म गएँ भनेर देखाउने’ प्रचलनको अन्त्य गर्ने गरी पार्टीभित्र तयारी भइरहेको छ । शीर्ष नेताहरूलाई प्रभावका आधारमा सम्बन्धित निर्वाचन क्षेत्र र वडासम्म पुर्‍याउने तयारीमा पार्टी जुटेको उनले बताए ।

“कहाँ, किन र कहिले लाने कुराको निर्क्योल गरेर मात्र बोलाउने, नभए नेताहरू भाषण गरेर भिजिट गरेर आउनलाई मात्र नलाने भन्ने छ,” उनले भने ।

संविधानसभा अध्यक्ष समेत रहेका सांसद सुवास नेम्वाङको गएको भदौ २६ गते निधन भएको थियो । उनको निधनपश्चात् रिक्त पदका निम्ति उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मन्त्री समेत रहेका कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको गएको असार २५ गते गाडी दुर्घटनामा परी निधन भएको थियो । उनको निधनपश्चात् बझाङमा रिक्त प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले आफूहरू रणनीतिक रूपमा निर्वाचन जित्ने गरी लागिपरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC