site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च जाने कांग्रेसको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । 

सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । 

गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जनासहित बहुमत पुर्‍याएको छ । “आज (सोमबार) सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ हामी अदालत जान सकेनौँ । भोलि सरकार गठनविरुद्ध अदालत जाने निर्णय भएको छ,” उनले भने । 

बैठकमा कांग्रेसले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बोलाएर त्यहाँको वस्तुस्थितिबारे ब्रिफिङ लिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro