site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय छानबिन समिति गठनको माग अझ सशक्त ढंगले उठाउने कांग्रेसको निर्णय
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग अझ सशक्त ढंगबाट उठाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकबाट थप दबाबमूलक ढंगले विषय उठान गर्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आफूहरूका मागमा सरकार जिम्मेवार नबनेको कांग्रेसको ठहर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । सो प्रकरणमा लामिछानेको संलग्नता नदेखिने भन्दै सत्तापक्षले छानबिन समिति गठनको माग अस्वीकार गरिरहेको छ ।

मंगलबार (भोलि) बिहान ८ बजे पार्टी संसदीय दलको बैठक बस्ने निर्णय समेत गरिएको लेखकले जानकारी दिए । मंगलबारै बिहान ७ः३० बजे संसदीय बोर्ड कार्यसमितिको बैठक बस्ने लेखकले बताए ।

Global Ime bank

सभामुख देवराज घिमिरेले आजका निम्ति बोलाएको शीर्ष नेताहरूको बैठकमा सभापति देउवा र आफू सहभागी हुने पनि उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC