site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी, सभामुखलाई पनि माओवादीकै सांसदमा गणना
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी गरेको छ । एमालेका २२, माओवादीका आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी बहुमत लिएर एमाले–माओवादी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखकोमा पुगेर दाबी पेस गरेका छन् । 

गत चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि चैत २७ गतेसम्मको समय दिएका थिए । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । तर, माओवादीले सभामुख कृष्ण धिताललाई पनि आफ्नो सांसद भन्दै एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको छ । सभामुखले विश्वासको मत लिने बेलामा बराबर भएको खण्डमा निर्णायक मत दिनेबाहेक सरकार गठनका अन्य गतिविधिमा सामेल हुन मिल्दैन । यस बारेमा प्रदेश प्रमुखको कार्यालयले नै अध्ययन गर्ने सभामुख धितालले बताए ।

उता एमाले–माओवादी गठबन्धनको शनिबारको संयुक्त बैठकले दलका नेतालाई सबै निर्णय लिने जिम्मा दिएको थियो । आवश्यक परे सभामुखको पनि राजीनामा गराउने र सरकार बनाउने कसरतमा यो गठबन्धन छ । तर, माओवादीले आफ्नो भन्दै आएका अर्का सांसद फणिन्द्र देवकोटा भने माओवादी संसदीय दलको बैठकमा गएका छैनन् । देवकोटा आफैँ नेपाल समाजवादी पार्टीको सांसद रहेको बताउँदै आएका छन् । 

Global Ime bank

अहिले सरकार बनिहाले पनि यो गठबन्धनले विश्वासको मत पाउन सक्ने स्थिति देखिँदैन । किनकी सभामुख, उपसभामुख दुवै यही गठबन्धनका हुन् । दुवैजनाले राजीनामा दिए पनि ज्येष्ठ सदस्य समेत एमालेकै छन् । तत्कालका लागि मुख्यमन्त्री बन्ने र राप्रपालाई सभामुख र मन्त्री दिएर फकाउने रणनीतिमा यो गठबन्धन छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement