site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पिपलको बोट, रातो रङ, आँखा र ‘बुझिनँ मैले’

काठमाडौं । ‘बोक्सीको घर’मा केकी अधिकारीसहित उनको टिमलाई केही फरक काम गर्नु थियो । समाजमा जे छ, त्यसलाई हुबहु देखाउनु थियो । समाजको कथा भन्दै त्यसमा आफ्नो धारणा राख्नु थियो । त्यो सिनेमामा कसरी आउँछ, हेर्न बाँकी छ । तर, अहिलेसम्म आएका कन्टेनमा केही विषयले पाएको निरन्तरताले आशा देखाएको छ ।

सिनेमामा त्यस्तो प्रतिविम्व अर्थपूर्ण र बलियो हुन्छ, जसले विशेष अर्थ बोकेर सुरुदेखि अन्तिमसम्म निरन्तरता पाउँछ । कतै देखिने र हराउने विम्बको खासै अर्थ रहन्न, किनकि त्यो सुझबुझपूर्ण तरिकाले गरिएको हुँदैन ।

‘बोक्सीको घर’ निर्माणपक्षले अहिलेसम्म सार्वजनिक गरेका सिनेमाका कन्टेनमा केही विषयले निरन्तरता पाएको छ । ती हुन्, पिपलको बोट, गाढा रातो रङ र डरलाग्दो आँखा ।

Dabur Nepal
NIC Asia

‘बोक्सीको घर’को थिम पोस्टर, फर्स्टलुक, टिजर हुँदै गीतसम्म आइपुग्दा पिपलको बोटले निरन्तरता पाएको छ । बडेमाको पिपलको बोट जो आफैँका लामो समय बाँच्छ । पिपलको बोट अर्थात् चौतारो जसले समाजका सबै पक्ष देखेको हुन्छ । राम्रा र नराम्रा दुवै विषयको साक्षी हुन्छ । विश्वास र अविश्वास दुइटै पक्ष । कुरीति, कुसंस्कार र परिवर्तन सबै पक्षको साक्षी हुन्छ, चौतारो र त्यसमा रहेको पिपलको रुख ।

दिउँसो घाममा बटुवालाई शीतल छहारी दिँदै सुस्ताउने स्थान हो, पिपलको बोट । राति त्यही चौतारो र पिपलको बोट तर्साउने ठाउँ हो भन्ने कतिपयको अन्धविश्वास छ । धेरैले यसलाई अन्धविश्वास मान्छन् । केहीले त्यसमै विश्वास गर्छन् । त्यही विषयलाई यो सिनेमाको कन्टेनमा देखाउन खोजिएको छ ।

टिजर होस् वा गीत अथवा पोस्टर रातो रङ र डरलाग्दो आँखाले पनि कन्ट्युनिटी पाएको छ ।

केही दिनअघि सार्वजनिक ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ बोलको गीतको दृश्य पिपलको बोटबाटै सुरु हुन्छ । मध्यरातमा चोभारको पिपलको बोटको दृश्य खिचिएको थियो । पूरै दिन र रात गरेर यो खिचिएको थियो ।

“हामीलाई सिनेमाको थिम बताउने गीत चाहिएको थियो । जसमा सरल र सहज शब्द र लय चाहिएको थियो,” केकी बाह्रखरीसँग भन्छिन्, “एकातिर विषयवस्तुभित्र बाँधिएर गीत तयार पार्नुपर्ने थियो, अर्कोतिर आमनागरिकले एकपटक सुन्दै सम्झिने खालको गीत चाहिएको थियो । यही परिधिभित्र बसेर प्रकाश सपूतले गीत लेखिदिनुभयो ।”

गीतअनुसारको भिडियो चाहिएको थियो । त्यसले सिनेमाको कथा पनि बोल्नुपर्ने थियो । कोरियोग्राफी पनि भिन्न चाहिएको थियो । आँखाले धेरै कुरा बोल्नुपर्ने थियो । “दर्शकले कसरी लिइरहनुभएको छ, कस्तो मूल्यांकन गरिरहनुभएको छ, त्यो केही हदसम्म युट्युबमा आएका प्रतिक्रियाले पनि बताउँछ,” केकी भन्छिन्, “तर, हामीले चाहेजस्तै पिपलको बोटबाट केही कथा संकेत गरेका छौँ । समय र कलरमार्फत केही भन्न खोजिरहेका छौँ भन्ने लागेको छ । अनि, केही भिन्न कोरियोग्राफी र आँखाबाट धेरै कुरा भन्न सक्यौँ कि भन्ने लागेको छ । यो सुन्दर कोरियोग्राफी सुनील क्षेत्रीले गरिदिनुभयो ।”

अन्धविश्वासमा जकेडिएको समाजमा के हुन्छ, गीतका शब्दले भन्ने प्रयास गरेको छ । लबज र रूपले देखाउने प्रयास गरेको छ । विम्बले बोलेको छ । भलै, यो अन्धविश्वासलाई सिनेमाले कसरी देखाउँछ, त्यो हेर्न बाँकी नै छ । त्यसो त सुरुका दिनदेखि अहिलेसम्म आएको विम्बले ट्रेलरमै निरन्तरता पाउँछ कि पाउँदैन त्यही नै हेर्न बाँकी छ ।

महिलामाथि बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro