site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ । सर्वसाधारणको अर्बौँ रकम अपचलन हुँदा पनि सरकार मौन रहेको पार्टीको आरोप छ ।

एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बहालवाला मन्त्रीदेखि राजकीय पदमा आसीन वर्तमान एवं पूर्वपदाधिकारी समेत सो प्रकरणमा सामेल भएको आरोप लगाएका छन् ।

Dabur Nepal
NIC Asia

“विवेकशील साझा पार्टी सहकारी ठगी प्रकरणमा संलग्नहरूलाई छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

पीडितप्रति ‘अचाक्ली ज्यादती भएको’ विवेकशील साझाको ठहर छ । “सरकारमा संलग्न मन्त्रीहरू, पूर्वमन्त्रीहरू, विभिन्न दलका नेताहरूको मिलेमतो र सेटिङमा सर्वसाधारणको अर्बौँ रुपैयाँ अपचलन हुनु र पीडितको बिल्लीबाठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीको ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।

सत्ताको दुरुपयोग गरिएको भन्ने पीडित र सरोकारवालाको भनाइलाई बेवास्ता गरिनु नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ । विज्ञप्तिमा उल्लेख छ, “सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाई नै स्याबोटेज गरिरहेको भन्ने सरोकारवाला र सहकारीपीडितहरूको भनाइलाई बेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गर्दछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro