site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा १२ जनाको उमेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । बझाङमा हुन लागेको उपनिर्वाचनका निम्ति १२ जनाले उमेदवारी दर्ता गराएका छन् । बझाङ क्षेत्र नम्बर–१ ‘क’का निम्ति १२ जनाको उमेदवारी दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी गराएको छ ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा १२ जनाले उमेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंहले उमेदवारी दर्ता गराएका छन् ।

धामीका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का‚ नेकपा (एमाले)का दमनबहादुर भण्डारीको उमेदवारी परेको छ ।

नेकपा (माओवादी केन्द्र)का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उमेदवारी दर्ता गराएका छन् ।

उनका अनुसार, जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गराएका छन् । “१२ जनाले उमेदवारी दर्ता गराउनुभएको छ‚” धामीले बाह्रखरीसँग भने ।

आउँदो वैशाख १५ गते सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro