site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङले गराए इलाममा उमेदवारी दर्ता 

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका हुन् । उनीसँगै इलाम–२ मा हालसम्म ६ जनाले उमेदवारी दर्ता गराइसकेका छन् ।

सुहाङ स्व. सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनै सुवासको निधनपश्चात् इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो । उपनिर्वाचन आउँदो वैशाख १५ गते हुनेछ । सुहाङलाई नेकपा (माओवादी केन्द्र)ले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म सुहाङसहित नेकपा (एकीकृत समाजवादी)बाट जितबहादुर राई‚जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)‚ नेमकिपाबाट श्यामबहादुर दर्जी‚ मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बू र डाकप्रसाद गौतमले स्वतन्त रूपमा उमेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro