site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा कुन पार्टीले कतिबेला गर्दैछन् उमेदवारी दर्ता ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाममा २ मा हुने उपनिर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । जिल्ला निर्वाचन कार्यालय इलामले दिएको जानकारी अनुसार उमेदवारी दर्ताका लागि दलहरूले समय लिएका छन् ।
 
प्राप्ता जानकारी अनुसार बिहान १० : ३० बजे स्वतन्त्र उमेदावर प्रदीप लिम्बूले उमेदवारी दर्ता गर्न समय लिएका छन् । बिहान ११ बजे अर्का स्वतन्त्र उमेदवार डाकप्रसाद गौतमले समय लिएका छन् ।
 
आयोगका अनुसार ११ : ३० बजे नेमकिपा‚ १२ बजे रास्वपा‚ १२ : ३० बजे मंगोल नेशनल अर्गनाइजेसनले समय लिएको छ । 

दिउँसो साढे १ बजे नेकपा एमाले‚२ बजे नेकपा माओवादी केन्द्र‚ २ : ३० बजे नेपाली कांग्रेस र ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि समय छुट्याइएको छ । दिउँसो ३ : ३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि उमेदवारी समय तोकिएको छ । 

इलाममा एमाले नेता समेत रहेका सांसद सुवास नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनअन्तर्गत वैशाख १५ गते मतदान हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro