राजनीति
काठमाडौं । बझाङमा उमेदवारी दर्ता सुरू भएको छ । वैशाख १५ मा हुन लागेको उपनिर्वाचनका लागि उमेदवारी दर्ता सुरू भएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले बाह्रखरीलाई जानकारी दिए ।
“नेसनल रिपव्लिक नेपाल पार्टीका साथीहरू आइपुग्नुभयो । अब हामी उमेदवारी दर्ता कार्य सुरू गर्दैछौँ,” उनले भने ।
बझाङमा प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा उपनिर्वाचन हुँदै छ । जसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा उमेदवारी दर्ता कार्य साँझ ५ बजे सम्म हुने उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० १०:१५
प्रतिक्रिया दिनुहोस्