site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषि विकास बैंकका ग्राहकले एपबाटै दुई लाखसम्म कर्जा लिन सक्ने

काठमाडौं । कृषि विकास बैंकले कर्जासम्बन्धी नयाँ सुविधा सुरु गरेको छ । ‘एडीबीएल स्मार्ट एप’मार्फत नयाँ सुविधा सुरु गरेको हो ।

यस सुविधामार्फत योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना धितो, कुनै कागजी कार्य तथा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरूले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन सकिने बताइएको छ ।

उक्त कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९ र १२ महिना तय गर्न सक्नेछन् । पूर्व भुक्तानीको विकल्प पनि रहने बैंकले जानकारी दिएको छ ।

एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरूले बाई नाओ, पे लेटर (बीएनपीएल) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस सेवा प्रयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन् ।

कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्त् तय गरिने बताइएको छ ।

योग्य ग्राहकको मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटम देखा पर्नेछ । ग्राहकहरूले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरू प्राप्त गर्न सक्नेछन् । यो सेवा सुरू गरेपछि सरकारी बैंकहरूमध्ये फोनलोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको बैंकको दाबी छ ।

कृषि विकास बैंकले २८० भन्दा बढी कर्यालय र १२९ एटीएममार्फत सेवा दिँदै आएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro