site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनाको गोप्य अनुसन्धान– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कति सुरक्षित छ ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) भित्रको सुरक्षा अवस्थाको सम्बन्धमा सधै प्रश्न उठ्ने गरेको छ ।  त्रिअविबाट सन् १९९९ डिसेम्बर २४ मा भारतको नयाँदिल्लीका लागि उडान भरेको इन्डियन एयरलाइन्सको यात्रुवाहक हवाई जहाज अपहरणमा पर्दा मात्र त्रिअविको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको होइन ।

२०७८ फागुन ९ गते त्रिअविबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा अनधिकृत व्यक्ति प्रवेश गर्दा पनि उत्तिकै जोडदार रुपमा त्रिअविको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइएको थियो ।

२०७५ सालमा त्रिअवि हुँदै भित्रिएको ३३ किलो सुनले ठूलै हंङ्गामा मच्चाएको थियो ।  सुन तस्करीको यो न पहिलो न अन्तिम घटना नै थियो । २०५४ मंसिर २९ गते त्रिअविमा सय किलो सुनसहित दुई जना कोरियाली नागरिक पक्राउ परेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लो समय क्विन्टलका क्विन्टल सुन दुबई र हङकङबाट तस्करी हुँदै त्रिअवि हुँदै भित्रिने गरेको छ, कहिले ‘भेप’मा त कहिले ‘ब्रेक शु’ भित्र लुकाउँदै ।   यतिमात्र होइन, किलोका किलो गाँजा, चरेसजस्ता लागूपदार्थ पनि विमानस्थलबाट छिर्ने गरेको छ । यस्ता लागूपदार्थ अमेरिकादेखि नेपाल आउने गरेका छन् । 

यी सबै घटनाले प्रश्न उठाएका छन्– के त्रिअविको सुरक्षा व्यवस्था राम्रो छ ? के त्रिअवि सुरक्षित छ ? सुरक्षाका दृष्टिकोणले त्रिअविको अवस्था कस्तो छ ?

Royal Enfield Island Ad

यस्तै प्रश्नहरूको जवाफ खोज्न २०७८ सालमा सरकारले नेपाली सेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि)को पेरिमिटर सुरक्षामा देखिएका कमी–कमजोरी, सुधार गर्नुपर्ने पक्ष र विमानस्थल सुरक्षाका लागि आवश्यक राय सुझावसहितको अध्ययन प्रतिवेदन तयार पार्न भनेको थियो ।
 
सेनाले त्यहीवर्ष गोप्य रुपमा अध्ययन गरी तयार पारेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटर सुरक्षा व्यवस्था सुझाव प्रतिवेदन, २०७८’ सरकारलाई बुझाएको थियो ।
 
सेनाले प्रतिवेदन बुझाएको दुईवर्ष बिते पनि त्रिअविमा हुने अवैध गतिविधिमा कमी आएको छैन । बरू झन् झन् बढ्दो छ । सुन तस्करी, अवैध लागूपदार्थ ओसार–पसार भइरहेको छ । सरकार भने प्रतिवेदन लुकाएर राख्नमै मस्त छ । 
बाह्रखरीले प्राप्त गरेको सो प्रतिवेदनमा सुरक्षाका दृष्टिले त्रिअविको अवस्था कस्तो छ भन्ने औल्याइएको छ ।  साथसाथै प्रतिवेदनमा सुरक्षा व्यवस्था के कसरी सुधार्न सकिन्छ भन्ने सुझाव पनि दिइएको छ ।

“वर्तमान विश्व परिवेशमा बढ्दै गएको आतंककारी गतिविधि तथा असन्तुष्ट समुदाय/समूहबाट हुन सक्ने आतंककारी सशस्त्र हमला, गैरकानुनी घुसपैठ, विमान अपहरण, बम थ्रेट, अनधिकृत व्यक्तिको आवतजावत, हातहतियार एवं विस्फोटक पदार्थको ओसार पसार, लागू औषध कारोबारलगायतका घटनाहरूलाई पूर्णतः रोकथाम तथा प्रतिकार गर्न विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा निकायहरू, त्रिअवि नागरिक उड्डयन कार्यालय, हवाई जहाज संचालक तथा सरोकारवाला अन्य निकायहरू सबैको जिम्मेवारी रहेको छ,” प्रतिवेदनमा भनिएको छ । 

त्रिअविको सुरक्षार्थ नेपाली सेनाको कालीदल गण गौचरमा तैनाथ रहेको छ । त्रिअविको सुरक्षालाई मध्यनजर राखी नेपाली सेनाद्वारा त्रिअवि पेरिमिटरमा विभिन्न पोष्टहरू खडा गरी फौज तैनाथ गरेको छ । साथै, दिन र रातमा भेहिकल तथा फुट पट्रोल समेत संचालन गर्ने गरेको छ ।

“त्रिअविको सुरक्षार्थ रहेका मौजुदा सीमा बार तथा अन्य सेक्युरिटी ग्याप्स पार गरी विभिन्न मितिमा अनधिकृत व्यक्तिहरू विमानस्थलको निषेधित क्षेत्रभित्र प्रवेश गर्ने गरेको तथ्यलाई मनन् गरी त्रिअविको बारको विद्यमान अवस्था यकिन गरी आपराधिक तथा अराजक तत्वहरूले भविष्यमा विमानस्थलको निषेधित क्षेत्रभित्र अनधिकृत रुपमा प्रवेश गरी त्रिअविको सुरक्षा प्रतिकूल असर पार्नबाट पूर्ण रुपमा रोकथाम गर्न हाल रहेका कमी–कमजोरीलाई सुधार गर्न अत्यावश्यक रहेको महसूस गरिएको,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा त्रिअविको परिधिलाई दुई क्षेत्रमा विभाजन गरिएको छ, पहिलो, बाहिरी र दोस्रो, भित्री परिधि ।

बार क्षेत्र तथा सर्वसाधरणहरूले प्रयोग गर्ने विमानस्थल परिसरबाहिर रहेका मुख्य तथा सहायक सडक तथा रिङ्ग रोड क्षेत्रसँग रहेको बारको क्षेत्रलाई बाहिरी परिधि मानिएको छ । यसमा विभिन्न गेट, नाला तथा कल्भर्टहरू समेत रहेका छन् । 

बाहिरी परिधिबाट भित्र विमानस्थलको निषेधित क्षेत्रमा रहेका बारको क्षेत्रलाई त्रिअविको भित्री परिधि मानिएको छ ।  प्रतिवेदनमा त्रिअविको बाहिरी परिधिमा १९ र भित्री परिधिमा ७ गरी कुल २६ वटा कमजोरी औल्याइएको छ ।

प्रतिवेदन तयार पार्ने क्रममा विमानस्थलबाट हाल उत्तरतर्फ रहेको त्रिभुवन आर्मी गल्फ कोर्सको मुख्य प्रवेशद्वारदेखि काली रंगशाला हुँदै गोठाटार, काँडाघारी, ई.ओ.डि. गेट, पेप्सीकोला चोक, मदरल्याण्ड हस्पिटल, उपत्यका खानेपानी वितरण शाखा, कोटेश्वर चोक, तीनकुने चोक, गैरीगाँउ, सिनामंगल, एयरपोर्ट गेट, तिलगंगा, वनकाली हुँदै पुनः त्रिभुवन आर्मी गल्फ कोर्षको क्षेत्रमा रहेका सीमा बारको स्थलगत अवलोकन गरिएको थियो । 

प्रतिवेदनमा विमानस्थलको उत्तरतिरको त्रिभुवन आर्मी गल्फ कोर्सको २ नम्बर गेटमा ‘प्रोपर लक सिस्टम’ र ‘रेस्ट्रिकटेड एरिया साइन पोस्टिङ’ नभएको हुँदा लक सिस्टम र साइन पोस्टिङको व्यवस्था गर्न भनिएको छ । 

“विमानस्थलको उत्तर वाग्मती नदीतिरको एक्सोटिक क्याफे नजिक रहेको ढुङ्गाको वालमाथि करिब ६० मिटर फेन्सिङ्ग गर्नुपर्ने । उक्त इलाकामा फेन्सिङ्ग नगरेमा अनधिकृत व्यक्ति गल्फ कोर्सको क्षेत्र हुँदै डोमेस्टिक पार्किङ वेसम्म प्रवेश गर्न सक्ने खतरा रहेको,” प्रतिवेदनमा उल्लेख छ । 

विमानस्थलबाट उत्तरतिरको काली रंगशाला जाने दोबाटो नपुग्दैको कल्भर्टको तल पानी पास हुने ठाउँमा हाल रहेको ग्याबिन वायरको बार निकै नै कमजोर रहेको र हाल उक्त स्थानबाट सजिलै मानिस प्रवेश गरी नहरको बाटो हुँदै दक्षिणतर्फको उकालोबाट रन वेसम्म पुग्न सक्ने अवस्था रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
 
प्रतिवेदनमा भनिएको छ, “तसर्थ, उक्त स्थानमा यथासिघ्र बलियो फलामको बार लगाउनुपर्ने आवश्यक रहेको । साथै सोही स्थानको माथि मुख्य सडकपट्टि रहेका परिधि बारमा कन्सर्टिना वायर थप्नुपर्ने र २५ मिटर ‘फुल फेन्सिङ’ गर्नुपर्ने ।”

विमानस्थलबाट उत्तरतर्फ रहेको काली रंगशाला चोकबाट गोठाटार जाने बाटोको दायाँतर्फ रहेको गेटमा ‘प्रोपर लक सिस्टम’ नभएको र उक्त गेट हाल प्रयोगमा समेत नरहेकाले ‘प्रोपर लक सिस्टम’ राख्नुका साथै स्थायी रुपमा नै बन्द गर्नुपर्ने जनाइएको छ । साथै गेटको माथि र तल १० मिटर ‘डबल कन्सर्टिना तार’ थप्न समेत भनिएको छ । 

काली रंगशाला चोकबाट गोठाटारतर्फ जाने उकालोको दाहिना दक्षिणतर्फ रहेका दुईवटा पानी मुहानमा रहेको बारमा १०÷१० मिटर कन्सर्टिना तार थप्न पनि सुझाइएको छ । काली रंगशाला चोकबाट गोठाटारतर्फ जाने उकालोको दाहिना दक्षिणतर्फ रहेको परिधि बारमा १० मिटर कन्सर्टिना तार थप्न भनिएको छ ।

प्रतिवेदनमा विमानस्थलबाट पूर्वतर्फ रहेको गोठाटार पेप्सीकोला सडक खण्डको करिब ३५० मिटर परिधि बारमा कन्सर्टिना तार थप्नुपर्ने सुझाव दिइएको छ । विमानस्थलबाट पूर्वतर्फ रहेको ई.ओ.डि. गेट नजिकैको कल्भर्टमा बारको रुपमा प्रयोग भएको फलामे बार जीर्ण अवस्थामा रहेकाले त्यहाँ बलियो फलामे बार लगाउनु पर्नेछ ।

विमानस्थलबाट पूर्वतर्फ रहेको पेप्सीकोला चोकमा रहेको कल्भर्टमा कुनै पनि बार नभएकाले उक्त स्थानबाट विमानस्थल निषेधित क्षेत्रमा सजिलै आवत–जावत गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा औल्याइएको छ । तसर्थ, उक्त कल्भर्टमा यथाशीघ्र बलियो फलामे बार लगाउनु सुझाइएको छ ।

विमानस्थलबाट पूर्वतर्फ रहेको स्थानीयहरूको बस्तीमा रहेको परिधि बारअन्तर्गत ५ मिटर बार टुटेकाले यथाशीघ्र मर्मत गर्नुपर्ने जनाइएको छ ।

“विमानस्थलबाट पूर्वतर्फ रहेको एयरपोर्ट कन्सट्रक्सन कम्पनीमा कार्यरत कर्मचारीहरूले हाल प्रयोग गरिरहेको घरहरूबाट दक्षिणतर्फ थपिएको काँडे तारको नयाँ पेरिमिटर फेन्सको काँडेतारको ग्यापबाट विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गर्न सहज देखिएको । मौजुदा काँडेतारको फेन्समा जस्ता प्रयोग गरी बलियो फेन्सिङ्ग गर्नुपर्ने र हालको फेन्सिङ्गमा २ लियर कन्सर्टिना तार थप्नुपर्ने,” प्रतिवेदनमा उल्लेख छ ।
 
विमानस्थलको पश्चिमतर्फ रहेको कोटेश्वर चोकमा विमानस्थल परिधि बारसँगै सार्वजनिक सवारी साधनहरू पार्किङ्ग गर्ने स्थान बनाइएको र यसले गर्दा सुरक्षा संवेदनशीलता थपिएको प्रतिवेदनमा जनाइएको छ । उक्त कार्यलाई पूर्ण रुपमा निषेध गर्न भनिएको छ । 

प्रतिवेदनमा भनिएको छ, “विमानस्थलको पश्चिमतर्फ कोटेश्वरबाट तीनकुने जाँदा दाहिनातर्फ विमानस्थल पेरिमिटर फेन्सिङ्ग क्षेत्रमा आरसीसी ह्युम पाइप रहेको र उक्त स्थानबाट विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सक्ने हुँदा यथाशीघ्र बलियो फलामे बार लगाउनुपर्ने ।” 

विमानस्थलको पश्चिमतर्फ रहेको तिनकुने चोक नजिकैको विमानस्थल परिधि बार क्षेत्रमा २ वटा २÷२ मिटरको कल्भर्टहरू रहेको र उक्त कल्भर्टको प्रयोग गरी विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सहज हुने हुँदा यथाशीघ्र बलियो फलामे बार लगाउन पनि सुझाव दिइएको छ ।

त्रिअविको भित्री परिधिमा आन्तरिक पार्किङ्ग वेमा नेपाली सेना कालीदल गण (ई) ले ड्युटी लिएको पार्किङ्ग गेट इलाकादेखि नम्बर ४ पोष्ट, रडार इलाका, त्रिअवि दमकल, इओडी युनिट, नं. ६ पोष्ट, छाप्रो पोष्ट, अप्रोच इलाका, त्रिअवि भन्सार कार्यालय तथा गोदाम र आयल निगम क्षेत्रलाई समेटिएको छ ।

भित्री पेरिमटरअन्तर्गत विमानस्थलको उत्तरतर्फ रहेको रन वे को ०२ ल्यान्डिङ्ग साइडको तलतर्फ केही गहिरो भागमा रहेको सर्भिस ट्रयाकको बायाँतर्फ करिव २५० मिटर उपयुक्त बार नभएको हुँदा उक्त स्थानमा बार लगाउन सुझाव दिइएको छ । 

“विमानस्थलको पूर्वतर्फ रहेको नेपाल प्रहरीद्वारा विगतमा बासस्थानको रुपमा प्रयोग गरिरहेको क्षेत्रमा कुनै पनि सुरक्षा निकायको उपस्थिति÷ड्युटी नभएको हुँदा उक्त स्थानबाट अनधिकृत व्यक्तिहरूको प्रवेश हुन सक्ने प्रवल सम्भावना रहेको,” प्रतिवेदनमा भनिएको छ, “तसर्थ, उक्त स्थानमा अनिवार्य सुरक्षा निकायको स्थायी पोष्ट यथाशीघ्र खडा गर्नुपर्ने ।”
 
हेलिप्याड इलाकादेखि त्रिअवि दमकलसम्मको इलाकाको सर्भिस ट्रयाकको बायाँ करिव २०० मिटर उपयुक्त बार नभएको हुँदा उक्त स्थानमा बार लागउन पर्नेछ ।

विमानस्थलको पूर्वतर्फ रहेको ६ नम्बर पोष्ट नपुग्दै बायाँतर्फ रहेको गेटमा ‘प्रोपर लक सिस्टम’ नभएको र हाल घाँस काट्न आउने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि उक्त गेट प्रयोगमा समेत नरहेकाले उक्त गेटलाई स्थायी रुपमै बन्द गर्नुपर्ने सुझाव दिइएको छ । 

विमानस्थलको दक्षिणतर्फ रहेको २० ल्यान्डिङ्ग साइडको बाटो पारी रहेको गेटमा पनि लक सिस्टम नभएका कारण स्थायी रुपमा बन्द गर्न भनिएको छ ।  प्रतिवेदनमा विमानस्थलको पूर्वतर्फ रहेको इओडी होल्डिङ्ग युनिटको कार्यालयबाट करिब ४०० मिटर दक्षिणतर्फ रहेको पुरानो घरलाई मौसम विभागले स्टोर हाउसका रुपमा प्रयोग गरिरहेको उल्लेख छ ।

उक्तघरमा सिन्धुपाल्चोक स्थायी घर भई हाल बारा जिल्ला कोल्हवी खत्रीका परिवारका चार व्यक्ति विमानस्थल निषेधित क्षेत्रभित्र करिब १८ वर्षदेखि बसोबास गर्दै आइरहेको प्रतिवेदनमा जनाइएको छ ।

खत्री परिवारले आवत जावत गर्न इओडी होल्डिङ्ग युनिटको मुख्य प्रवेश द्वार प्रयोग गर्ने गरेको र हालसम्म उक्त परिवारबाट कुनै पनि शंकास्पद गतिविधि नगरेता पनि उक्त परिवारलाई विमानस्थल सुरक्षा संवेदनशीलतासम्बन्धी जानकारी प्रदान गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

विमानस्थल भन्सार कार्यालयदेखि उत्तर आयल निगमसम्म इलाकामा कुनै पनि भित्री परिधिमा बार नभएका कारण यथाशीघ्र परिधि बार बनाउनुपर्ने जनाइएको छ ।

अन्य कारणले पनि विमानस्थलको सुरक्षामा असर पारिरहेको प्रतिवेदनमा औल्याइएको छ । विमानस्थलको परिधि क्षेत्रमा पर्याप्त बत्ती तथा सीसीटीभी नहुँदा रातको समयमा हुनसक्ने गतिविधिहरूमाथि निगरानी गर्न निकै कठिनाई भएको बताइएको छ । यसको फाइदा आपराधिक एवं अनधिकृत तत्वहरूले उठाउने प्रवल सम्भावना रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

विमानस्थलको भित्री र बाहिरी परिधिबीचमा पट्रोलिङ्गको लागि हुनुपर्ने परिधि ट्रयाक समेत नभएको उल्लेख गरिएको छ ।
 
“विमानस्थलको पूर्वतर्फ विमानस्थल निषेधित क्षेत्रभित्र गैर सैनिक व्यक्तिहरू स्थायी रुपमा नै बसोबास गर्ने गरेको हुँदा यस्ता गतिविधिहरूले प्रतिकूल सुरक्षा चुनौती थपिने हुँदा सो सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने,” प्रतिवेदनमा स्पष्ट शब्दमा भनिएको छ । 

विमानस्थलमा ‘अर्ली वार्निङ सिस्टम’ र ‘अलार्म सिस्टम’ समेत नभएको, मोबाइल पेट्रोलिङ्गका लागि आवश्यक सवारी साधन नभएको र विमानस्थल सुरक्षार्थ खटिएको नेपाली सेनाको जनशक्ति तालिम, शान्ति सेना तथा अन्य विमानस्थल सुरक्षार्थबाहेकका अन्य खटन–पटनमा समेत खटिने गरेको हुँदा जनशक्ति नपुग समेत हुने गरेको प्रतिवेदनमा औल्याइएको छ ।
 
प्रतिवेदनमा विमानस्थलको परिधिमा प्रयाप्त मात्रामा सीसीटीभीको व्यवस्था गर्न, सीसीटीभीको कभरेज एक–अर्कासँग ओभरल्याप हुने गरी राख्न, परिधि क्षेत्रमा देखिएका अशोभनीय गतिविधि कन्ट्रोल रुममार्फत तत्काल सम्बन्धित ड्युटी पोष्टमा अलर्ट गर्ने संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिइएको छ । 

‘अर्ली वार्निङ सिस्टम’ र ‘अलार्म सिस्टम’ का लागि ‘थर्मल सेन्सर’ वा ‘लाइट सेन्सर’ संयन्त्रको व्यवस्था गर्न सुझाइएको छ । विज्ञसँग सल्लाह लिई परिधिबारेमा करेन्टको समेत व्यवस्था गर्न सकिने सुझाव दिइएको छ । 

“विमान उडान तथा अवतरणको सुरक्षालाई उच्च प्राथमिकतामा राखी विमानस्थल सुरक्षार्थ खट्टिएको नेपाली सेनासँग आवश्यक समन्वय गरी आवश्यक स्थानको पहिचान गरी सेन्ट्री पोष्ट थप गर्ने र प्रत्यक्ष अब्जरभेसन नपुग्ने ठाउँहरू देखिने गरी अब्जरभेसन टावर बनाउनुपर्ने,” प्रतिवेदनमा सुझाइएको छ ।

मोबाइल पट्रोलिङ्गका लागि आवश्यक सवारी साधन त्रिअविबाट उपलब्ध गराउन भनिएको छ । पट्रोलिङ्गका लागि भित्री र बाहिरी परिधि ट्रयाक बनाउन पनि सुझाव दिइएको छ । प्रतिवेदनमा ‘इन्ट्रुमेन्टल सेक्युरिटी’ लाई विशेष महत्व दिई यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताइएको छ । 

त्रिअवि सुरक्षा अत्यन्तै संवेदनशिल तथा चुनौतीपूर्ण कार्य भएकाले कुनै एक निकायको प्रयासले मात्र त्रिअवि सुरक्षा व्यवस्था कायम नहुने प्रतिवेदनमा जनाइएएको छ । त्रिअविसँग सम्बन्धित सम्पूर्ण निकायहरूले जिम्मेवारीबोधका साथ आ–आफ्नो तहबाट सहयोग, समन्वय र पहलकदमी लिनुपर्ने अत्यावश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

“विमानस्थलको पेरिमिटर ज्यादै ठूलो रहेको, जमिनी हालत उपडखापड रहेको र सुरक्षा संवेदनशीलता बढ्दै गएकाले म्यानुअल सेक्युरिटीको माध्यमबाट पूर्ण रुपमा सुरक्षा प्रदान गर्न जनशक्ति प्रयाप्त नहुने हुँदा इन्स्ट्रुमेन्टल सेक्युरिटीलाई विशेष महत्व दिई यसको प्रयोग बढाउँदै लैजानु पर्छ,” प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनमा औल्याइएका राय सुझावहरू तथा सुरक्षामा प्रतिकूल असर पार्ने पक्षहरूको समयमा नै सम्बोधन गरी निराकरण भएमा भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना न्युनीकरण गर्न सकिने दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro