site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले झापाको अध्यक्षमा प्रेम गिरी

झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टंक दंगालले बिहीबार घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला उपाध्यक्षमा शिवकुमार ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दंगालले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा अधिवेशनबाट १४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।

पार्टीका झापा इन्चार्ज तथा पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार, पदाधिकारी पाँच, १५ पालिकाबाट ११०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसंख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपांगता भएकाबाट एक गरी १४९ जना सर्वसम्मत चयन भएका छन् ।

नयाँ समितिलाई आजै शपथग्रहण गराइएको छ । बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकबाट मनोनीत गरिने उनले जानकारी दिए ।

एमाले अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro