site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चायो : एमाले
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसद्मा अराजकता मच्याएको बताएका हुन् । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि कांग्रेसलाई प्रश्न समेत गरे ।

Dabur Nepal
NIC Asia

उनले भने, "गृहमन्त्रीले बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौँ– यो हाउसमा प्रतिपक्ष मात्रै छैन । सरकार बीचमा छ । हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौँ । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?" 

प्रमुख सचेतक बर्ताैलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम कांग्रेसले गर्न नहुने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro