site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीमाथि छानबिन गर्न बेवास्ता गर्नुले संसदीय समितिको औचित्य झन् पुष्टि भयो : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाइ हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि बेवास्ता गर्नुले छानबिनको औचित्य पुष्टि हुँदै गएको बताए ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनको भनाइ छ । उनले कुनै दोष नहुँदा संसदीय छानबिन समिति गठन गर्न अप्ठेरो मान्नुपर्ने अवस्था नै नरहेको धारणा राखे । महतले सरकार नै अप्ठेरो पर्ने डरले प्रधानमन्त्रीले पनि छानबिन समिति गठन गर्न नचाहेको जिकिर गरे ।

त्यस्तै, उनले कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरू कुनै नरहेको पनि दाबी गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro