site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वमा अहिलेसम्मकै धेरै दुई हजार ७८१ जना अर्बपति, अमेरिका, चीन र भारतका धेरै

काठमाडौं । अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले विश्वका धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सन् २०२४को मार्च ८ का दिन सेयर मूल्य र विनिमय दरका आधारमा फोर्ब्सले विश्वका धनाढ्यको सूची तयार पारेको हो ।

फोर्ब्सका अनुसार विश्वमा अमेरिकी डलरमा एक अर्बभन्दा बढी सम्पत्ति हुने अर्बपतिहरूको संख्या दुई हजार ७८१ पुगेको छ । यो संख्या हालसम्मकै उच्च हो ।

यसअघि सन् २०२१ मा अर्बपतिहरूको संख्याले नयाँ रकेर्ड बनाएको थियो । त्यतिबेलाको तुलनामा यस वर्ष (सन् २०२४) मा २६ जना अर्बपति थपिएका छन् । गत वर्ष सन् २०२३ को तुलनामा १४१ जना थप अर्बपति भएका छन् ।

यी धनाढ्यहरू पहिलेभन्दा झन धनी बन्दै गएका छन् । सबैको सम्पत्ति जोड्दा १४.२ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

यो आंकडा सन् २०२३ को भन्दा दुई ट्रिलियन बढी हो भने सन् २०२१ को भन्दा १.१ ट्रिलिनय धेरै हो । 

Global Ime bank

अर्बपतिको सूचीको दुई तिहाइ अर्बपतिहरू एक वर्षअघिभन्दा बढी धनी भएका छन् । एक चौथाइको सम्पत्ति घटेको छ ।

सबैभन्दा धेरै कमाउने शीर्ष २० धनाढ्यहरु छन्, जसले सन् २०२३ यता ७०० अर्ब अमेरिकी डलर कमाएका छन् ।

अमेरिकाबाट सबैभन्दा धेरै ८१३ अर्बपतिको कुल सम्पत्ति ५.७ ट्रिलियन डलर छ ।

दोस्रोमा चीन (हङकङसहित)का ४७३ अर्बपतिको कुल सम्पत्ति १.७ ट्रिलिनय छ । कमजोर उपभोक्ता खर्च र रियल स्टेटको व्यापार खस्कँदा चीनका अर्बपतिले ३०० अर्ब डलर गुमाएका छन् ।

तेस्रो नम्बरमा भारतमा २०० जना अर्बपति रहेका छन् ।

फोर्ब्सको धनाढ्य सूचीको पहिलो नम्बरमा फ्रान्सेली फेसन कम्पनीका मालिक बर्नार्ड अर्नाल्ट रहेका छन् । उनको सम्पत्ति २३३ अर्ब अमेरिकी डलर छ ।

दोस्रो नम्बरमा अमेरिकी उद्यमी एलन मस्क छन्, उनको सम्पत्ति १९५ अर्ब अमेरिकी डलर छ । तेस्रो अमेरिकाकै जेफ बेजसोको सम्पत्ति १९४ अर्ब अमेरिकी डलर छ ।

चौथोमा फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १७७ अर्ब र पाँचौंमा आरोकल टेक्नोलोजी कम्पनीका अध्यक्ष ल्यारी एलिसनको सम्पत्ति १४१ अमेरिकी डलर छ ।

नवौँ स्थानमा रहेका भारतका मुकेश अम्बानीको सम्पत्ति ११६ अर्ब डलर छ । १७ औँ स्थानमा रहेका भारतकै गौतम अडानीको सम्पत्ति ८४ अर्ब डलर छ ।

८१ औं स्थानमा रहेका चीनका ज्याक माको सम्पत्ति २४.५ अर्ब अमेरिकी डलर छ । नेपालका विनोद चौधरी एक हजार ७६४ औँ स्थानमा छन् ।

विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी पुरानै स्थानमा

अमेरिकी चर्चित गायिका टेलर स्विफ्ट पनि अर्बपति सूचीमा परेकी छन् । उनको सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर पुगेको छ । अन्य १३ अर्बपति सेलीब्रेटीको कुल सम्पत्ति ३१ अर्ब डलर छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu