site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीआईबीमै हलचल ल्याइदिने जीवन चलाउनेको अनुसन्धान प्रतिवेदन यसरी फालिएको थियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन तस्करीमा मुछिएका जीवन चलाउने गएको भदौदेखि फरार छन् । पुर्ख्यौली घर अछाम भएका ३८ वर्षीय चलाउनेको जन्म भने बर्दिया गेरुवा गाउँपालिका–४ हो ।

बर्दियामै हुर्किएका चलाउनेले २१६०७ नम्बरको नागरिकता प्राप्त गरेका छन् । उनी पछिल्लो ठेगाना काठमाडौं महानगरपालिका–४ चुनदेवी रहेको छ । सामान्य अवस्थामा काठमाडौं छिरेका चलाउनेसँग हाल करोडौँको अचल सम्पत्ति छ ।

चुनदेवीमा उनको करोडौंको मूल्यका घर–गाडी छन् । देखाउने व्यवसाय चाहिँ विदेशबाट नेपालमा दाल–चामल भित्र्याउने व्यापार हो । ३८ वर्षीय चलाउने पछिल्लो समय चर्चामा छन् । अझ यही चैत १ गतेयता उनको चर्चा चुलियो । उनी असल काम गरेर उनी चर्चाको शिखरमा पुगेका पात्र भने होइनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साउन २ मा भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएपछि उनी चर्चामा आएका हुन् । सुन तस्करी प्रकरणमा उनको ‘कनेक्सन’ देखिए पनि पक्राउ परेनन् । प्रहरी अधिकारीसँगको बाक्लो हिमचिमका कारण उनी जोगिएको आशंका छ । उपल्ला तहका अधिकांश प्रहरी अधिकारीसँग उनको निकट सम्बन्ध देखिएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले चलाउनेका विषयमा तथ्यहरू प्रतिवेदनमै खुलाएपछि तस्करी–चर्चामा उनको नाम चुलिएको हो ।

Global Ime bank

सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए ।

आयोगले करिब सात महिना लामो अध्ययनपछि १ चैतमा मात्रै प्रतिवदेन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदनसँगै प्रहरी संगठनकै मेरुदण्ड मानिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विवादित बन्न पुग्यो । त्यसको कारण तिनै चलाउने जोगाउनु थियो ।

चलाउनेलाई जोगाउन सीआईबीका तल्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यकै भूमिका शंकास्पद देखिएको खुलेपछि सीआईबी नै बदनाम हुन पुगेको हो ।

आयोगले प्रतिवेदनमै तथ्य उल्लेख गरेपछि बज्राचार्यलाई सीआईबीबाट हटाउँदै प्रहरी प्रधान कार्यालयमा तानिएको छ । उनीबाहेक प्रहरी प्रधान कार्यालयले ६० किलो सुन तस्करीको अनुसन्धानमा खटिएका सीआईबीकै तल्कालीन एसपी संजयसिंह थापालाई नुवाकोट जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ ।

त्यस्तै अनुसन्धानमा खटिएका अर्का डीएसपी दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी प्रधान कार्यालय तानिएको छ ।  सुन तस्करीको अनुसन्धानमा संलग्न नरहे पनि चलाउनेसँग ‘कनेक्सन’ देखिएका सीआईबीकै अर्का डीएसपी रूगम कुँवरलाईसमेत प्रहरी प्रधान कार्यालय तानिएको छ ।

उनीहरूबाहेक सीआईबीमै कार्यरत चारजना प्रहरी निरीक्षकसमेत त्यहाँबाट हटाइएको छ । हाल सीआईबीको जिम्मेवारी एआईजी श्यामलाल ज्ञवालीलाई दिइएको छ ।

कसरी पारे सीआईबीको अनुसन्धान टोलीलाई नै प्रभाव ?

हङकङबाट सवारी साधनको ब्रेक–सुमार्फत् भित्रिएको ६० किलो सुन तस्करीमा चिनियाँ गिरोह संलग्न थियो ।  चिनियाँ गिरोहलाई तिब्बतीमूलका बेल्जियम नागरिक दावा छिरिङले सहयोग गरेका थिए ।

रुकुमकी अमला रोकामगरसँग विवाह गरेर ठमेलस्थित भियना होटल समेत सञ्चालन गर्ने दावामार्फत चिनियाँ समूहले लामो समयदेखि सुन तस्करीको र्‍याकेट सञ्चालन गरेका थिए ।

काठमाडौंमा डमी कम्पनी खडा गरेर विभिन्न सामग्री आयात गर्ने बहानामा उनीहरूले अवैध सुनको कारोबार थालेका थिए । ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि उक्त तस्करीको पर्दा खोलिएको हो ।

सुरुवातमा विभाग आफैँले अनुसन्धान गरे पनि पछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो । दावालाई राजश्वकै टोलीले पक्राउ गरेको थियो । दावालाई पक्राउ गरेपछि भने उनको सम्पर्क जीवन चलाउनेसँग भेटियो । सम्पर्कमात्रै होइन, जीवन र दावाबीच सुन कारोबार सम्बन्धित शंकास्पद एसएमएस पनि प्रहरीले फेला पार्‍यो । तर उनलाई पक्राउ गरिएन ।

सुन बरामद भएको २१ दिनपछि अनुसन्धान थालेको सीआईबीले भन्दौको अन्तिमतिर मात्र जीवन चलाउनेलाई सीआईबीको कार्यालय महाराजगञ्ज बोलाइएको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार चलाउने सुन तस्करी अनुसन्धानमा खटिएका एसपी कृष्ण कोइरालाको कार्यकक्षमा घटनाको कागज गराएका थिए ।

सुन तस्करीको अनुसन्धानका लागि एसपी कोइरालासहित एसपी कृष्ण पँगेनी र डीआईजी रामदत्त जोशी, डीआईजी यज्ञविनोद पोखरेलसहितका ४२ जना प्रहरी अधिकारी खटिएका थिए । मुख्य अनुसन्धान अधिकृत एसपी संजय थापा हुन् । एसपी कोइरालाको कार्यकक्षमा गरिएको चलाउनेको कागजमा उनलाई प्रतिवादी बनाउनेभन्दा पनि जोगाउने योजनासहित तयार पारिएको थियो ।

तर, अनुसन्धान प्रतिवेदन तयार पार्ने बेला भने एसपी संजय थापाले प्रतिवादी बनाउनुपर्ने व्यक्तिलाई जोगाउने तयारीका साथ गरिएको कागज प्रतिवेदनमा राख्न अस्वीकार गरेका थिए । उनले पक्राउ गर्नुपर्ने मान्छेलाई कागज गरेर मात्रै उम्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

पछि त्यही कागजको विषयमा अनुसन्धान अधिकारी तोकिएका एसपी थापा र सीआईबी प्रमुख किरण बज्राचार्यको मत समेत बाझिएको थियो । अन्तमा बज्राचार्यसमेत कागज राख्ने विषयबाट पछि हटेर कागज नराखी उनलाई प्रतिवादी बनाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिरी नै बताउँछन् ।

ती अधिकारीले भने, “चलाउनेले अनुसन्धान टोलीलाई ६० लाख मागेको आरोप पनि लगाएका छन् । तर, मैले देखेको चाहिँ जीवनले बनाएको कागज राख्दा प्रतिवादी समेत नबन्ने अवस्था आएपछि कागज नराखी प्रतिवादी बनाइएको हो । उनलाई जोगाउन होइन ।”

फरार चलाउने केही दिनअघि विभिन्न सञ्चारमाध्यममा सीआईबीका अनुसन्धान अधिकारीले आफूसँग पैसाको बार्गेनिङ गरेको भिडियो अन्तर्वार्ता दिएका थिए । सुन तस्करीको अनुसन्धानबारे हाल आयोगले उठाएको प्रश्नमाथि अनुसन्धानमा खटिएका कुनै पनि प्रहरी अधिकारी धारणा दिन अस्वीकार गर्छन् ।

आयोगको प्रतिवेदनकै आधारमा सीआईबीबाट तानिएका प्रहरी अधिकारीलाई थप कारबाही गर्न गृह मन्त्रालयले छुट्टै समिति बनाएको छ । गृह मन्त्रालयका कानुन शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति बनाएको छ ।

६० किलो सुन तस्करीको अनुसन्धान गरेको सीआईबीले मुख्य आरोपी दावासहित चिनियाँ समूहले ३६० किलो सुन तस्करी गरेको भन्दै तीन अर्ब ५० करोड विगोसहित ३२ जनाविरुद्ध ३१ भदौमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ । पक्राउ परेका आरोपीहरू पुर्पक्षका लाथि थुनामा छन् । पक्राउ परेकामध्ये नौ जना चिनियाँ छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय