काठमाडौं । ‘ग्लोबल मनी विक २०२४’ को १२औँ संस्करणमा कुमारी बैंकले सहभागिता जनाएको छ । वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवर्द्धनमार्फत कुशल व्यवहार विकासलाई प्रमुख लक्ष्यका रूपमा लिँदै विभिन्न क्रियाकलाप गरिरहेको छ ।
वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरताका आधारस्तम्भको प्रशिक्षण, सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण गरिएको छ ।
बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयबाट १२३ ओटा वित्तीय साक्षरता प्रवतर्नका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । जसमा ५४ सयभन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा सर्वसाधारणले सहभागिता जनाएको बैंकले जनाएको छ ।