राजनीति
काठमाडौं । वाग्मती प्रदेशसभा बैठकको समय सारिएको छ । सोमबार दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक अपराह्न ४ बजे बस्ने तय गरिएको हो ।
बैठकको समय सारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए । आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।
विश्वासको मत पाउन जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १५:२४
प्रतिक्रिया दिनुहोस्