site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हजुरआमा बनेपछि एसईई दिँदै कांग्रेस नेत्री भुसाल
Sarbottam CementSarbottam Cement

लक्ष्मीप्रसाद सापकोटा/रासस

पर्वत । पढ्नका निम्ति उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेत्रीले देखाएकी छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४, वहाकीकी ५० वर्षीया खगिसरा भुसालले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् ।

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाह समेत गराइसकेकी छन् । बुढेसकालमा सुखसयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसईईमा सहभागी भएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

०४६ सालमा उनको विवाह भयो । कक्षा–९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुत्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइ समेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा–९ मा भर्ना भइन् । कक्षा–९ उत्तीर्ण गरेर नियमित कक्षा–१० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसईईमा सहभागी भएकी हुन् ।

पढ्नैपर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्न ३२ वर्षपछि पुनः विद्यालयमा पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा–८ सम्म बिहादी गाउँपालिका–५, उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका ‘केटाकेटी’सँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ ।

Global Ime bank

भुसालका छोरा र छोरीबाट तीन नातिनातिना समेत छन् । “छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो । तर, सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु,” उनले भनिन्, “एसईईपछि पनि कक्षा–११ र १२ अध्ययन गर्ने योजना छ ।”

भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बनेर गाउँकार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला संघ बिहादीको कोषाध्यक्ष समेत हुन् ।

भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि काम गरिसकेकी छन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविकाको कार्य छाडेकी हुन् । उनले ०४८ सालबाट नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी छन् ।

“राजनीति होस् वा अन्य क्षेत्रमा, पढाइको ज्ञानसँगै प्रमाणपत्र समेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो,” उनले भनिन् ।

घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल कांग्रेस नेता हुन् । उनी कांग्रेस पर्वतको सहसचिव तथा संगठन विभाग प्रमुख छन् ।

“सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्,” श्रीमान् तिलकले भने, “उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन्, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।”

श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले यो वर्ष पर्वतबाट एसईई दिने दुई हजार २८ परीक्षार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको परीक्षार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए ।

पर्वतकै पैयूँ गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षीय शक्ति अधिकारीले पनि एसईई दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका एसईई परीक्षार्थी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !