site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार उनले चैत २२ गते विश्वासको मत लिनैपर्छ ।

साठी सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ, जुन कांग्रेससँग छैन । कांग्रेसका २७ र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को मात्र सरकारलाई समर्थन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार टिकाउन मुख्यमन्त्री पाण्डेलाई थप तीन प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । वर्तमान परिस्थितिमा उनले विश्वासको मत पाउने आधार देखिँदैन । त्यसकारण उनी राजीनामाको मुडमा पुगेका छन् ।

मुख्यमन्त्री निकटस्थका अनुसार उनले अबको दुई–तीन दिनभित्रै राजीनामा दिनेछन् । आइतबारदेखि उनले कांग्रेसका मन्त्रीहरूलाई पोखरा नछाड्न निर्देशन पनि दिएका छन् ।

Global Ime bank

तत्काल राजीनामा दिने र संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री हुने रणनीति उनको छ ।

गण्डकी प्रदेशसभा अहिले स्थगित छ । अल्पमतमा परेपछि पाण्डे नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेशसभा बैठक स्थगितको निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १८८ (२) मा उल्लेख छ, “मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।”

तर, विश्वासको मतको सट्टा ३० दिन नपुग्दै राजीनामा दिने तयारीमा पाण्डे छन् । छिटै राजीनामा दिएमा प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् । एमाले, माओवादी गठबन्धनले मात्रै पनि नयाँ सरकार बन्न यहाँ कठिन छ ।

एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक) ले आवश्यक बहुमत नपुग्ने हुँदा उसले दुई सिट भएको राप्रपालाई अनिवार्य सामेल गराउनुपर्ने बाध्यता छ ।

केन्द्रमा सहभागी नभएको राप्रपाले २७ गते जनप्रदर्शन गर्ने घोषणा गरेको छ । आफू आन्दोलनमा नै रहेका कारण प्रतिपक्षमा बस्ने र प्रदेशमा पनि सोही निर्णय लागु हुने राप्रपाले जनाएको छ ।

२७ गतेपछि प्रदेशको अवस्थाबारे राप्रपाले निर्णय गर्नुपूर्व नै संविधानको धारा १६८ उपधारा ३ अनुसार पाण्डे आफैँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । नयाँ उपधारा अनुसार मुख्यमन्त्री बनेपछि फेरि ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्यतिबेला विश्वासको मत जुटाउनका लागि राप्रपालाई ल्याउनुपर्ने हुन्छ । यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै भेटेर राप्रपासँग कुरा गर्न पनि आग्रह गरेका थिए । केही दिन अगाडि मात्र काठमाडौंबाट फर्केका पाण्डे आफ्नै सरकारलाई बहुमत पुग्नेमा आशावादी देखिएका छन् ।

स्रोतका अनुसार राप्रपाले पाण्डेलाई साथ दिए माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेसपाका फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिने सम्भावना छ । तर, माओवादीले उनलाई आफ्नै सांसद रहेको र ह्विप लाग्ने दाबी गर्दै आएको छ ।

देवकोटाले यस अगाडि नै आफू नेसपाकै रहेको र केन्द्रले दिने निर्देशन अनुसार अगाडि बढ्ने बताउँदै आएका छन् ।

यता, केन्द्रमा नयाँ गठबन्धन बन्नासाथ प्रदेश प्रमुख पनि फेरिएका छन् । कांग्रेसका पृथ्वीमान गुरुङको ठाउँमा डिल्लीराज भट्ट गण्डकीका नयाँ प्रदेश प्रमुख बनेर आएका छन् ।

अब उनले नयाँ सरकार गठनका लागि कति दिनको समयावधि राखेर आह्वान गर्छन् भन्ने पनि चासोको विषय छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !