site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३० र ६० वर्ष कैद सजाय तोकिएका दुईजना पक्राउ, के थियो अभियोग ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० वर्ष र ३० वर्ष कैद सजाय तोकिएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका ३८ वर्षीय बच्चु सुनार र सिन्धुपाल्चोककै ४७ वर्षीय दावा लामा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूले २०६४ सालमा सिन्धुपाल्चोककै तीनजना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाएर लेबनान पठाउने आश्वासन दिएका थिए । त्यसपछि वीरगन्ज हुँदै भारतको उनीहरूले सहिदनगर पुर्‍याएर एक–एक लाख रुपैयाँमा बिक्री गरेर यौन धन्दामा लगाएका थिए ।

सोही अरोपमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ३० वर्ष र ६० वर्ष कैद सजाय तोकेको थियो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार २०७८ मा सुनारलाई ३० वर्ष र लामालाई ६० वर्ष कैद सजाय तोकिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro