site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
के हो एक्समा भाइरल भइरहेको ‘क्लिक हियर’ ट्रेन्ड

काठमाडौं । सामाजिक सञ्जाल एक्स पहिलेको ट्विटरमा अहिले ‘क्लिक हियर’ लेखेको फोटो पोस्ट गर्ने ट्रेन्ड चलेको छ ।

कयौं प्रयोगकर्ताहरुले पोस्ट गरिरहेको त्यस्तो फोटोमा मुनी बायातर्फ क्लिक गर्न संकेत गर्दै 'क्लिक हियर' भनेर लेखिएको छ । यो के हो र किन पोस्ट गरिरहेका छन् भन्ने जिज्ञासा धेरै प्रयोगकर्तामा छ ।

यो एक्समा पोस्ट गरिएको फोटोबारे विवरण वा जानकारी राख्न मिल्ने फिचर हो ।

एक्समा कुनै पनि फोटो पोस्ट गर्दा ‘एड डिस्क्रिप्सन’ अथवा ‘अल्टरनेटिभ टेक्स्ट–अल्ट’ भन्ने अप्सनमा गएर फोटोबारे जानकारी राख्न सकिन्छ । फोटो पोस्ट गरिसकेपछि फोटोको मुनि बाँयातर्फ हुने अल्ट लेखिएको बटनमा क्लिक गर्दा सोही अल्टरनेटिभ टेक्स्ट देखिन्छ ।

Global Ime bank

फोटोबारेको यो विवरण एक हजार अक्षरसम्म लेख्न मिल्छ । यस फिचर आँखाको समस्या भएका प्रयोगकर्तालाई लक्षित गर्दै ट्विटरले केही वर्षअघि नै ल्याएको थियो । तर अहिले यसले चर्चा पाइरहेको छ । यसले टेक्स्ट–टू–स्पिच रिकग्निसन (लेखिएको कुरा आवाजमा बदल्ने उपकरण)का माध्यमबाट फोटोबारे लेखिएको कुरा थाहा पाउन मद्दत गर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu