site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले बिहीबार (जेठ १) शिष्टाचार भेट गरेकी छन् ।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गरिन् । उनले वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाइन् ।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्त्वबारे विश्वलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन संवादको आयोजना गरिएको जानकारी गराए ।

भेटक्रममा नेपालका निम्ति राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्