site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सांसदको प्रश्न– रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई किन नेपाल फर्काउन सरकार चुकेको भन्दै प्रश्न गरिन् । उनले युद्धग्रस्त क्षेत्रमा रोजगारीका निम्ति जान छुट दिने सरकारको नीति कस्तो हो भन्दै थप प्रश्न गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,” उनले भनिन्, “युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।”

उनले देशभर महिलाको हत्या भइरहेको भन्दै सरकार र गृहमन्त्री के हेरेर बसेको भनी प्रश्न गरिन् । “युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरर बस्नुभएको छ ? एक हप्तामा सात÷आठजना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ?”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement