site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेठसम्म अत्यधिक चट्याङको जोखिम, कसरी जोगिने ?

काठमाडौं । शनिबार बेलुका काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित चट्याङ परेपछि जनजीवन अस्तव्यस्त बन्यो । स्थानीय वायुको प्रभावसँगै ‘लोकल सिस्टम’ थपिँदा काठमाडौंसहितका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पूर्वतिर लागेको उनले बताए ।

“स्थानीय वायुको प्रभाव त छँदै छ, लोकल सिस्टम पनि डेभलप भयो,” उनले बाह्रखरीसित भने, “पोखरामा बनेको यो सिस्टम त्यहाँदेखि यता आयो । यो सर्दै पूर्वतिर जाने देखिन्छ ।”

उनका अनुसार, लोकल सिस्टम छोटो अवधिमा विकास हुन्छ । छोटो समयमै यो कमजोर हुने उनले बताए । अहिले प्रिमनसुनको समय भएकाले लोकल सिस्टम अरूजस्तो धेरैअघि संकेत देखिँदैन । केही समयमै बनेर एक–डेढ घण्टामै निष्क्रिय हुन्छ ।

प्रिमनसुनमा शनिबारको जस्तो ‘एक्कासि’ हावाहुरी, मेघगर्जन र चट्याङ र वर्षा हुने उनले बताए । यो नै प्रिमनसुनको ‘नेचर’ भएको उनको भनाइ छ ।

प्रिमनसुन मनसुन सुरु हुनुभन्दा पहिलेको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रिमनसुन समय मान्ने गरिन्छ ।

मौसम विज्ञान विभागले हरेक दिन जारी गर्ने बुलेटिनमा चट्याङबाट जोगिन आग्रह गर्ने गरेको छ ।  मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको र यसबाट जोगिन सतर्क रहन विभागले आग्रह गर्दै आएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ । 

चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले बताएको छ । 

“चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म र्पुयाउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ ।

यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।

तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।

प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।

यस्तै, गड्याङगुडुङका बेला पानीका स्रोतमा सीधै नुहाउने, धुने नगर्ने र टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ । चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्छ । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ ।

“सबैभन्दा महत्त्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणको सुझाव छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro