site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झुम्का कारागारभित्र कैदीबन्दीको मृत्यु, हत्याको आरोप
फाइल तस्बिर : फेसबुकबाट ।

इनरुवा । सुनसरीको झुम्का कारागारभित्र शनिबार ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिकाका राईको मृत्यु भएको हो ।

कारागारभित्रै कुटेर हत्या गरिएको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने न्यायधीशका दाइ सुभाष राईले माग गरे ।

न्यायधीशको शरीरभरि नीलडाम रहेको, कान सुन्निएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरिएको उनका भाउजू उर्मिला राईले दाबी गरिन् ।

जिल्ला अस्पतालमा उपचारका क्रममा कैदीबन्दी राईको मृत्यु भएको झुम्का कारागारका प्रमुख धु्रवराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका निम्ति जिल्ला अस्पतालमा भर्ना गरेको र उपचारका क्रममा राईको मृत्यु भएको उनको भनाइ छ ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले अस्पताल ल्याउनुअघि नै राईको मृत्यु भइसकेको बताइन् ।

पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro