site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी र लघुवित्तको रकम ठगी गर्नेलाई सरकारले संरक्षण गरिरहेको छ : नेता केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले देशव्यापी रूपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको उनले उल्लेख गरे । उनले राष्ट्रिय परिस्थिति दिन प्रतिदिन चुनौतीतर्फ अघि बढिरहेको पनि उनले बताए ।

“अहिले देशव्यापी रूपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाहीभन्दा संरक्षण गर्नेतिर लागेको छ,” उनले भने, “यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आबद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।”

जनतामा निराशा र असन्तुष्टि बढिरहेको भन्दै उनले विस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको टिप्पणी गरे । “अहिले वास्तवमा संसद् संसद्जस्तो चलिरहेको छैन । सरकार सरकारजस्तो चलिरहेको छैन । पार्टी, पार्टीजस्तो चलिरहेको छैन,” उनले भने, “यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro