site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उपाध्यक्ष एमाले कि एकीकृत समाजवादीलाई ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पद बिहीबारबाट रिक्त भएको छ । 

उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि पद खाली भएको हो । माओवादी ‘कोटा’ बाट नारायण दाहाल राष्ट्रियसभाका अध्यक्ष बनेपछि उपाध्यक्ष अर्यालले राजीनामा दिएकी हुन् । 

दाहाल फागुन २९ गते राष्ट्रियसभाको अध्यक्ष निर्वाचित भएका थिए ।  अर्याल पनि माओवादी कोटाबाट ०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।  गठबन्धनको भागबण्डाअनुसार अरु नै दले नै उपाध्यक्ष पाउने भएपछि उनले राजीनामा दिएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्यालले राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित भए लगत्तै राजीनामा दिने तयारी गरेकी थिइन् ।  तर, पार्टीको निर्देशन नआएकाले कुरिरहेकी अरु दलका सांसदसँग पनि उनले सुनाएकी थिइन् ।  केन्द्रको निर्देशनपछि उनले बिहीबार पदबाट राजीनामा बुझाएकी हुन् । 

अध्यक्ष दाहालले शुक्रबारको राष्ट्रियसभा बैठकमा अर्यालको राजीनामा स्वीकृत भएको जानकारी गराएका छन् ।  राष्ट्रियसभा नियमावलीअनुसार रिक्त भएको १५ दिनमा अध्यक्ष÷ उपाध्यक्ष चयन गर्नुपर्ने व्यवस्था छ । 

Global Ime bank

“अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा पद रिक्त हुँदाका बखत अधिवेशन चलिरहेको भएमा  पद रिक्त भएको मितिले पन्ध्र दिनभित्र र अधिवेशन नचलेको भएमा त्यसपछि अधिवेशन सुरु भएको मितिले पन्ध्रदिनभित्र निर्वाचन गरिसक्नुपर्नेछ,” राष्ट्रियसभा नियमावलीमा भनिएको छ ।

संविधानको धारा ९२ को उपधारा (२) अनुसार अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । अध्यक्षमा पुरुष भएकाले अब उपाध्यक्ष महिला नै बन्नेछिन् । 

उपाध्यक्षको निर्वाचन अध्यक्षले मिति तोकेको दिन र समयमा हुनेछ ।  उपाध्यक्षको निर्वाचन कहिले भन्ने विषय टुंगो भने भइसकेको छैन । 

उपाध्यक्ष एमाले कि एकीकृत समाजवादी ?

राष्ट्रियसभाको उपाध्यक्ष एमाले वा एकीकृत समाजवादीलाई भन्ने निर्क्योल हुन बाँकी छ । गएको फागुन २१ गते चार दलबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने उल्लेख थियो । 

सहमतिपत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर भएको थियो ।

तर, त्यसको साता दिन नबित्दा नै भएको नयाँ सहमतिअनुसार एमालेले राष्ट्रियसभा उपाध्यक्ष पाउने बुँदा सहमतिबाट हटेको थियो ।  फागुन २९ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेटर भएको सातबुँदे सहमतिपत्रमा उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने भन्ने विषय हटाइएको थियो । 

फागुन २९ गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन र फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत लिने तय भएको थियो ।  एकीकृत समाजवादीले आफ्ना माग समेटेर लिखित सहमति नगरे राष्ट्रियसभाको अध्यक्ष र विश्वासको मतको विपक्षमा उभिने अडान लिएको थियो ।

त्यसपछि सातबुँदे सहमति भएको थियो ।  राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीले दाबी गरेपनि सहमति भने भएको थिएन ।  प्रधानमन्त्रीको विश्वासको मतको कुरा रहेकाले उपाध्यक्षको विषयमा बहस गर्दा वातावरण विगर्न सक्ने भएकाले पनि सो सहमतिमा उल्लेख नगरिएको एमाले नेताहरु बताउँछन् ।

एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले उपाध्यक्ष पद पार्टीले नै पाउने जिकिर गरे ।  “उपाध्यक्ष एमालेले नै पाउने हो,” उनले बाह्रखरीसँग भने, “हाम्रै पार्टीका सांसद उपाध्यक्ष बन्नुहुन्छ ।”  

एमालेका उपमहासचिव विष्णु रिमालले भने उपाध्यक्षका विषयमा छलफल हुन बाँकी रहेको बताए । “भर्खर त उपाध्यक्षले राजीनामा दिनुभएको छ । यो विषयमा हामी प्रवेश गरेका छैनौं । अब कुराकानी होला,” उनले भने । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उपाध्यक्षका विषयमा गठबन्धनमा  सहमति भइनसकेको बताए । 

एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले उपाध्यक्षमा पार्टीको दाबी रहेको बताए । अब गठबन्धनमा छलफल भएपछि टुंगो लाग्ने उनको भनाइ छ । 

“गठबन्धनमा हामीले दाबी गरेको हौं । सहमति भइसकेको छैन । अबको बैठकबाट टुंगिएला,” उनले बाह्रखरीसँग भने । 

स्रोतका अनुसार उपाध्यक्ष एमालेले पाउने निश्चित जस्तै छ ।  एकीकृत समाजवादीका एक पदाधिकारीले उपाध्यक्षका लागि पार्टीले मरिहत्ते नगरेको सुनाए । “हामीले पाउनुपर्छ त भनेका हौं । तर, सबै कुरामा हामीले नै पाउनुपर्छ भनेर जिकिर गरिरहन पनि मिलेन । हामीले मरिहत्ते गरेका छैनौं,” ती नेताले उपाध्यक्ष एमालेले नै पाउने संकेत गरे । 

राष्ट्रियसभामा एमालेका १० मध्ये सात महिला सांसद रहेका छन् ।  तीमध्ये ६ वर्षे कार्यकाल माघ ११ गते निर्वाचित भएकी रुक्मिणी कोइरालाको मात्रै छ ।  स्रोतका अनुसार सात महिला सांसदमध्ये विमला घिमिरेको उपाध्यक्ष बन्ने सम्भावना प्रबल छ । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी थिइन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC