site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एमडीएमएस प्रकरणमा मुछिए प्राधिकरणका बहालवाला ११ कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका बहालवाला ११ कर्मचारी एमडीएमएस खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको थियो । अख्तियारले १९ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

मुद्दा दायर गरिएकोमा दुईजना प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल हुन् । अर्का एक प्राधिकरणकै पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल छन् । यीबाहेक ११ जना प्राधिकरणको बहालवाला कर्मचारी छन् भने पाँचजना खरिदमा संलग्न कम्पनीका कर्मचारी हुन् ।

प्राधिकरणमा हाल कार्यरत रहेका निर्देशकहरू मीनप्रसाद अर्याल, दीपेश आचार्य र सुरेन्द्रलाल हाडालाई पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । उपनिर्देशकहरू अच्युतानन्द मिश्र, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विजयकुमार राय र सूर्यप्रसाद लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको हो ।

यस्तै, प्राधिकरणकै सहायक निर्देशक प्रतीक्षा पौडेल र निराजन कोइरालालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

बाह्य कम्पनीका पाँचजना
एमडीएमएस खरिदमा संलग्न पाँचमध्ये चार कर्मचारी एउटै कम्पनीका हुन् । उनीहरू न्युमेरा (एस) एसडीएन बीएचडी, मलेसियाका हुन् ।  जसमा कम्पनीका ग्रुप चेयरमेन मोहद नूर अमीन बिन मोहद नूर खान, वार्तामा संलग्न मोहम्मद शिहाब बिन कुनही मोहम्मद, सीईओ अनुज सिंह एक्स र प्रडक्ट स्पेसलिस्ट जमिल अहमद छन् ।

यस्तै, न्युमेराको पार्टनर कम्पनी नमस्ते ग्लोबल कम प्राइभेट लिमिटेड सिंगापुरका निर्देशक कविन्द्रराज मल्लविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । एमडीएमएस खरिदका नाममा राज्यकोषको ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सानी भएको दाबी गर्दै अख्तियारले सोहीबमोजिम जरिबाना हुनुपर्ने माग गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र खर्च भइसकेको २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा असुलउपर गर्न माग दाबी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro