काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले देशभर लाल किल्ला स्थापित गर्नुपर्ने बताएका छन् ।
एमाले झापाको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लाल किल्ला बनाउनुपर्ने बताए ।
उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रूपमा रहने दाबी गरे । उनले लाल किल्लामा कसैलाई हात हाल्न दिन नहुने पनि बताए । ओलीले लाल किल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए ।
झापाबाट गल्तीले जितेर गएकाहरूको भूमिका कामै नलाग्ने रहेको उनको भनाइ छ ।
"झापा लाल किल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको सुरुको लाल किल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्टा नगरे हुन्छ । यो लाल किल्ला हो, लालकिल्ला रहन्छ । राखिन्छ लालकिल्लाको रूपमा । गल्तीले जितेर गएकाहरूको माथि भुमिका हेर्नुस् त कस्तो छ । नचाहिने काम गरेका छन्," उनले भने ।