site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाबाट राजीनामा दिँदै रमेश खरेलले उठाए तीन प्रश्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वडीआईजीसमेत रहेका रास्वपा नेता रमेश खरेलले सो पार्टीबाट राजीनामा दिएका छन् । उनले रास्वपा र त्यसको नेतृत्वमाथि लगातार प्रश्न उठाएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरणको जवाफ नदिइ उनले राजीनामा बुझाएका हुन् । खरेलले बुधबार रास्वपाको केन्द्रीय सदस्यसहित साधारण सदस्यसमेत नरहेनेगरी राजीनामा बुझाएका हुन् ।

खरेलले राजीनामा दिनुका तीन कारण उल्लेख गरेका छन् । पहिलो रास्वपालाई अहिले पाएको जनमतको ‘म्यान्डेट’ सरकार चलाउने होइन । त्यसैले म्याडेट विपरीत सरकारमा जाने कुरामा आफ्नो विमति रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“रास्वपालाई जनमतले दिएको म्यान्डेट सरकार सञ्चालन गर्ने होइन, प्रतिपक्षबाट खबरदारी गर्ने हो,” खरेलले बाह्रखरीसँग भने, “त्यसमा ‘म्यान्डेट’ विपरीत सरकारमा जाने काम भयो । त्यसैले यो पार्टीमा बस्नु उपयुक्त ठानिन ।” खरेलले दोस्रो कारण स्वार्थको द्वन्द्वको प्र्रश्नमा भएको बेवास्तालाई देखाएक ाछन् । 

उनले सभापति रवि लामिछानेमाथि प्रश्न उठिसकेपछि उनीबाहेक सरकारमा जाने वा तत्कालका लागि मन्त्री पदमा नरहेर छानबिनमा सहयोग गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको बुझाई छ । 

Global Ime bank

“दोस्रो कुरा ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’को प्रश्न उठ्यो । यो विषयमा नयाँ पार्टीले जवाफदेहिता देखाउनुपर्नेमा बलजफ्ती पदमा बसिरहने प्रवृत्ति देखियो,” खरेलले भने, “यो कारणले पनि जवाफदेहिताको पक्षमा रहेको व्यक्ति भएकाले म त्यो पार्टीमा बस्नु उपयुक्त ठानिन ।”

खरेलले तेस्रो कारण भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएको बताएका छन् ।  एउटा लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्रको मूल्य हुने भन्दै एकल निर्णयबाट पार्टी चल्ने भएपछि लोकतन्त्रको अर्थ नरहेको उनको बुझाई छ । 

“सरकारमा जाने निर्णय हुँदा एक व्यक्ति भन्दा बाहिर सल्लाह र छलफलसमेत भएन,” खरेलले भने । 

उनले यी तीनवटा कारण देखाएर रास्वपाबाट अलग भएको बताएइका छन् । “अनुसन्धानको घेरामा भएको मान्छे सरकारमा जानै हुँदैनथ्यो, अझ आफैं त्यही मन्त्रालयमा जान मिल्छ ?,” उनको प्रश्न थियो ।

उनले रवि र प्रचण्डलाई तुलना गर्दै पार्टीमा छलफलबिना निर्णय गर्ने परिपाटीले समस्या निम्तिएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC