site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा दिउँसो ३ः२० सम्म ४३ प्रतिशत मतदान

चैनपुर । बझाङ क्षेत्र नम्बर–१ प्रदेशसभा ‘क’को उपनिर्वाचनमा शनिबार दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार, सो समयसम्म २६ हजार ५०० मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा ‘क’का ७४ वटै मतदानस्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । प्रदेशसभा ‘क’मा ६१ हजार ७४८ मतदाता छन् । गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । यहाँ ११ उमेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, जनमत पार्टीकी सुशीलादेवी विष्ट र नेसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro