site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्मला पन्तबारेको घटनाको अनुसन्धान अझै जारी छ : गृहमन्त्री लामिछाने
Argakhachi Cement Island Ad

काठमाडौं । पाँच वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन् ।

सुरुआती अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जादाँ केही समस्या आएको बताए । १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले सयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन । घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्