site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेन्नाईको लगातार दोस्रो जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । चेन्नाईले मंगलबार भएको खेलमा गुजरात टाइटन्सविरुद्ध ६३ रनको सहज जित निकालेको हो ।

एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । गुजरातका साइ सुदर्शनले ३७ रन बनाए । डेबिट मिलर र रिद्दिमान साहाले समान २१ रन थप्दा विजय शंकरले १२, अज्मतुल्लाह ओमरजाईले ११ र उमेश यादवले १० रन जोडे । 

चेन्नाईका दीपक चहर, मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान दुई विकेट लिए । डार्यल मिचेल र मथिसा पथिरानाले एक–एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो । 

चेन्नाईका शिवम दुवेले ५१ रन बनाए । उनले २३ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । कप्तान रितुराज गाइकवाड र रचिन रविन्द्रले समान ४६ रन थपे । डार्यल मिचेलले २४, समीर रिज्वीले १४ र अजिन्क्या राहाणेले १२ रन जोडे । गुजरातका राशिद खानले दुई विकेट लिए । साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान एक विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको गुजरात तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro