site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कास्की अध्यक्षमा माधव र बैनबहादुरबीच प्रतिस्पर्धा 

पोखरा । नेकपा (एमाले) कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार (आज) मतदान हुँदै छ । केन्द्रीय नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीका नाममा दुई समूह निर्वाचनमा होमिएका छन् । दिउँसो १ः३० बजेदेखि विद्युतीय मतदान गरिने पार्टीले जानकारी गराएको छ ।

अध्यक्षका निम्ति गुरुङ पक्षबाट माधव बास्तोला र अधिकारी समूहबाट बैनबहादुर क्षेत्री उमेदवार छन् । बिहान साढे ८ बजेदेखि उमेदवारको मनोनयनपत्र दर्ता थालिएको छ । दाबी, विरोधपछि दिउँसोदेखि मतदान सुरु गरिनेछ ।

एमाले कास्की जिल्ला सचिवका निम्ति पृथ्वीसुब्बा पक्षबाट सुरेन्द्र गुरुङ उमेदवार बन्ने भएका छन् । उपाध्यक्षमा शिव आचार्यले उमेदवारी दिने तयारी छ ।

यस्तै, खुला उपसचिवतर्फ श्रीराम पोखरेल र महिला उपसचिवमा राधिका योगी शाहीलाई उठाउने तयारी रहेको एक नेताले बताए ।

खगराज प्यानलबाट सचिवमा दर्शन लामा, उपाध्यक्षमा भेषराज बराल, खुला उपसचिवतर्फ लालबहादुर परियार र महिला उपसचिवमा सन्तु सुवेदीलाई उमेदवार बनाइएको एक नेताले जानकारी दिए ।

अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ९३५ प्रतिनिधि छन् ।

अध्यक्ष पदका निम्ति जिल्ला कमिटी सदस्य विवेक त्रिपाठीले पनि उमेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro